राजनीतिक दृष्टिले अत्यन्तै संवेदनशील भौगोलिक अवस्थितिमा रहेको नेपालले इतिहासका विभिन्न कालखण्डमा अनेकौ राजनीतिक रूपान्तरणहरू भोग्दै आएको छ।दुई विशाल र शक्तिशाली छिमेकी राष्ट्रहरूको बीचमा अवस्थित नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र आन्तरिक सुरक्षाको रक्षा गर्नु जहिले पनि चुनौतीपूर्ण रहँदै आएको छ। पछिल्लो समयका राजनीतिक अस्थिरता र दलहरूभित्रको आन्तरिक कलहले नागरिकमा गहिरो निराशा पैदा गरेको छ। यसै सन्दर्भमा, देशको राष्ट्रिय एकता, भूराजनीतिक सन्तुलन र दीर्घकालीन आर्थिक समृद्धिका लागि संवैधानि