काठमाडौं । बजाज पल्सरले नेपाल प्रिमियर लिग (एनपिएल) सँगको साझेदारी थप विस्तार गरेको छ । कम्पनीले एनपिएलका आगामी तीन सिजनका लागि सह प्रायोजन सम्झौता गरेको हो । सम्झौताअनुसार बजाज पल्सर एनपिएलको तेस्रो, चौथो र पाँचौँ सिजनमा सह प्रायोजकका रूपमा जोडिनेछ । यसअघि दोस्रो सिजनमा बजाज पल्सर एनपिएलको आधिकारिक दुईपाङ्ग्रे सवारीसाधन साझेदार रहेको थियो । कम्पनीले