जनताको विश्वास जित्ने गरी काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

  • शुक्रबार​ ३० असो २०८३ ०६:४३ AM
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रबार ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले प्रहरी कर्मचारीले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने बताए । उनले भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शून्य सहनशीलताको नीति अपनाउन प्रहरीलाई आग्रह गरे । साथै साइबर अपराध,