भक्तपुर : मध्यपुर थिमिको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले मोडुलर आईसीयू सेवा सुरु गरेको छ। बिहीबार मोडुलर आईसीयू सेवा उद्घाटन गर्दै अस्पतालका अध्यक्ष एवं नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठले चुनावी प्रतिबद्धताबमोजिम नगरपालिका अस्पताललाई व्यापक विकास गरिएको बताए।चार वर्षमा अस्पतालमा सिटी स्क्यान, ब्लड बैंक र डायलासिस सेवासँगै मोडुलर आईसीयू सेवा सञ्चालन सम्भव भएको भन्दै उनले अब छिट्टै मुटुरोग उपचार सेवा पनि सुरु गर्ने जानकारी गराए।नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले सघन उपचार आवश्यक पर्ने बिराम