काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दल कुनै नेताको निजी कम्पनी नभई सार्वजनिक सम्पत्ति भएको बताएका छन्। शुक्रबार काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति थापाले पार्टीलाई व्यक्तिगत स्वार्थ र आचरणबाट टाढा राख्नुपर्नेमा जोड दिए । उनले दलहरू पब्लिकको प्रोपर्टी भएकाले यसमा आम जनता र कार्यकर्ताको समान हक लाग्ने बताए। ‘पार्टी कुनै नेताको प्राइभेट कम्पनी होइन।