काठमाडौं । सरकारले सात दशक पुरानो प्रहरी ऐनलाई विस्थापन गर्दै समयसापेक्ष र व्यावसायिक प्रहरी संगठन निर्माणका लागि नयाँ प्रहरी विधेयक अघि बढाएको जनाएको छ । ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली तथा विशेष समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई आधुनिक र व्यावसायिक बनाउन नयाँ प्रहरी विधेयक अघि बढाइएको बताएका हुन्