कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित

  • शुक्रबार​ ३० असो २०८३ ०४:३४ AM
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दशैंको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुने जनाइएको हो । आगामी कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै रूपमा राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले सबैलाई अनुरोध गरेकी छन् । उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ... The post कात्तिक १ गतेदेखि चार दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित appeared first on Kalika Khabar.