नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट

  • शुक्रबार​ ३० असो २०८३ ०४:३६ AM
काठमाडौं । नागरिक लगानी कोष र एभरेस्ट अस्पताल प्रा.लि.बीच कोषका सहभागी, कर्मचारी, उनीहरूका आश्रित परिवार तथा सदस्यलाई सहुलियत दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौता कोषका निमित्त कार्यकारी निर्देशक हेमन्त पोखरेल र अस्पतालका स.प्रशासक यादवप्रसाद ढुंगानाले हस्ताक्षर गर्नु भएको हो । सम्झौता अनुसार कोषसँग आबद्ध कर्मचारी, आश्रित परिवार तथा सदस्यले अस्पतालको बिल र परीक्षण सेवामा २० प्रतिशत तथा शल्यक्रिया कक्ष (ओटी) र फार्मेसीको बिलमा १० प्रतिशत छुट पाउनेछन् । बाह्य स्रोतबाट लिइने सेवा, चिकित्सकको परामर्श, एम्बुलेन्स शुल्क तथा उपकरणमा भने छुट योजना लागु हुने छैन ... The post नागरिक लगानी कोष र एभरेष्ट अस्पतालबीच सम्झौता, कोषका सहभागीलाई उपचारमा छुट appeared first on Kalika Khabar.