काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारमाथिको छानबिन बिहीबारदेखि सुरु भएको छ। छानबिनलाई अझ प्रभावकारी गराउन पार्टीद्वारा गठित केन्द्रीय अनुशासन आयोगले छुट्टै छानबिन समिति गठन गरेको छ।महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउँदै ज्यान लिने धम्की दिइएको अडियो सार्वजनिक भएपछि छानबिनका लागि रास्वपाले अनुशासन आयोगलाई निर्देशन दिएको थियो। आयोगले छानबिनलाई अझ प्रभावकारी बनाउने भन्दै छुट्टै समिति गठन गरेको हो। अनुशासन आयोगका उपप्रमुख एवं अधिवक्ता हरिचन्द्र भट्टराईको संयोजकत्वमा ६