काठमाडौं । नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको निर्यातमा महत्वपूर्ण योगदान पुर्याउँदै ग्लास उत्पादन विधामा उत्कृष्ट निर्यातकर्ता बनेको बन्देवी ट्रेडर्सलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’ प्रदान गरेको छ। काठमाडौंको ठमेलस्थित बन्देवी ट्रेडर्सलाई आर्थिक वर्ष २०८२/८३ मा महासंघका सदस्यहरूमध्ये ग्लास उत्पादन विधामा सबैभन्दा बढी निर्यात गर्ने संस्थाका रूपमा सम्मान गरिएको हो। उक्त सम्मान बन्देवी ट्रेडर्सका तर्फबाट विज्ञान सिलवालले ग्रहण गरेका हुन्। नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र प्रदान गरिएको हो। सन् १९७२ मा स्थापना भएको महासंघले नेपाली हस्तकलाको प्रवर्द्धन, विकास तथा अन्तर्राष्ट्रिय बजारमा विस्तारका लागि काम गर्दै आएको छ। २०२६ अक्टोबर १५ मा ... The post ग्लास उत्पादनको निर्यातमा बन्देवी ट्रेडर्स उत्कृष्ट घोषित appeared first on Kalika Khabar.