काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा सहभागी आठवटै टोलीले विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया तीव्र बनाएका छन्। यसैक्रममा चितवन राइनोजले पाकिस्तानका चर्चित लेग स्पिनर उसामा मिरलाई टोलीमा अनुबन्ध गरेको छ। ९ कात्तिकबाट सुरु हुने प्रतियोगिताका लागि चितवनले ३० वर्षीय मिरलाई टोलीमा भित्र्याएको हो। उनले पाकिस्तानका लागि १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १५ विकेट तथा पाँच टी–२० अन्तर्राष्ट्रिय खेलमा पाँच विकेट लिएका छन्। उनले सन् २०२३ मा भारतमा आयोजित एकदिवसीय विश्वकपसमेत खेलेका थिए। कुशल मल्लको कप्तानीमा मैदान उत्रने चितवनले यस सिजन पाकिस्तानका पूर्वबलर सोहेल तनभिरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको ... The post एनपिएलमा चितवन राइनोजले अनुबन्ध गर्यो पाकिस्तानी लेग स्पिनर उसामा मिर appeared first on Kalika Khabar.