एक्लोपनबीच स्थानीय सरकारको भरोसा, छथरका ज्येष्ठ पुरुषलाई वार्षिक १२ हजार
शुक्रबार ३० असो २०८३ ०३:१५ AM
तेह्रथुम : उमेर ढल्किँदै जाँदा शरीर कमजोर बन्दै जान्छ । जीवनका अनेकौँ उतारचढाव पार गरेका हातखुट्टाले पहिलेझैँ साथ दिँदैनन् । त्यसमाथि आर्थिक अभाव, दीर्घरोग र सहारा दिने परिवारको अनुपस्थितिले एकल पुरुषको जीवन झन् कष्टकर बन्न पुग्छ