कालीगण्डकी बाढीले तातोपानी कुण्डमा एक करोडको पूर्वाधार ध्वस्त
शुक्रबार ३० असो २०८३ ०३:४१ AM
म्याग्दी : कालीगण्डकी नदीमा आएको बाढी र कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीस्थित प्राकृतिक तातोपानी कुण्ड बगरमा परिणत भएको छ। बाढीले कुण्डका संरचना बगाएपछि उपचार, स्नान र पर्यटकीय आकर्षणका रूपमा विकसित हुँदै गएको यो स्थलको अस्तित्व