काठमाडौं : दसैं र तिहार नजिकिँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेसिने नेपालीको चाप उस्तै छ। चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीको क्रम बढिरहेका बेला रोजगारीको खोजीमा देश छाड्नेहरू पनि उत्तिकै छन्। परिवारसँग बसेर खुसी साटासाट गर्नुपर्ने समयमा बिदेसिनुपर्ने बाध्यता धेरै नेपालीका लागि रहरभन्दा ठूलो विवशता बनेको छ।वर्षभरि पराइ भूमिमा पसिना बगाएर परिवारको खुसीका लागि कमाउने नेपालीहरू चाडपर्वमा घर फर्किने गर्छन्। तर, स्वदेशमै रोजगारीको अवसर नपाउँदा कतिपय नेपाली भने दसैंको मुखमै परिवार र