नेपाल प्रहरीले आज शुक्रबार ७१औँ प्रहरी दिवस मनाउँदै छ । दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदै छन् । प्रहरी ऐन, २०१२ मा लालमोहर लागेको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिएको हो । प्रहरी संगठनले सात दशक लामो यात्रा पूरा गर्दै गर्दा अपराध अनुसन्धान, प्रविधिको प्रयोग र जनशक्तिको क्षमता विकासमा परिवर्तन हुँदै आएको