नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै खुला केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् । त्यसैगरी, गण्डकी प्रदेशको महिलातर्फ सरस्वती अर्याल तिवारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । ३५ वर्षमुनिको युवातर्फ गण्डकी प्रदेशबाट सबैभन्दा बढी मत प्राप्त गर्दै सुभाष पौडेल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।