काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ केन्द्रीय सदस्यमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले सर्वाधिक मत पाएका छन्। ४५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ८९ जना प्रतिस्पर्धी थिए। महर्जनले सर्वाधिक मत ल्याउँदा ७७ प्रतिशत महाधिवेशन प्रतिनिधिको मत पाएका छन्। उनले ५ हजार ३३० मत पाए। गत २१ फागुनको चुनावपछि राष्ट्रिय राजनीतिमा उदाएका इलामका निश्कल राईले खुला केन्द्रीय सदस्यमा दोस्रो धेरै मत पाएका छन्। हाल प्रतिनिधिसभामा पार्टीको सचेतक रहेका उनले ४ हजार ९५६ मत पाएका छन्। त्यस्तै, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले ४ हजार ७३२ मत पाएर विजयी भएका छन्। प्राध्यापक डा