तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

  • शुक्रबार​ ३० असो २०८३ ०२:३३ AM
तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा हराउँदै गएको छ । कुनै समय गाउँगाउँमा अखडा बनाएर प्रसिद्ध पहलवान बोलाई कुस्ती खेलाउने चलन रहे पनि अहिले त्यस्ता गतिविधि घट्दै गएको संस्कृतिविद् रामदयाल राकेशले बताए । राकेशका अनुसार तराई–मधेशमा दशैँ केवल धार्मिक अनुष्ठानमा सीमित थिएन । दुर्गापूजासँगै मेला, भजनकीर्तन र कुस्ती प्रतियोगिता गाउँघरका प्रमुख मनोरञ्जनका माध्यम