नेपालका सङ्घीय सांसद डा. अर्जुन कार्कीले जलवायु परिवर्तनको असर न्यूनीकरण, विपद् उत्थानशीलता अभिवृद्धि तथा जलवायुजन्य क्षति र नोक्सानीबाट पुनरुत्थानका लागि नेपाललाई पूर्वानुमानयोग्य र अनुदानमा आधारित वित्तीय सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकका अवसरमा बैंककमा आयोजित क्लाइमेट भल्नरेबल फोरम–भल्नरेबल ट्वेन्टी समूह (सीभीएफ–भी२०) को कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै