ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बिहीबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत १९, रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ८६, हर्न निषेधमा ११, लेन क्रसमा १४, अवस्था ठिक नभएको