खसआर्य क्लष्टरबाट कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

  • शुक्रबार​ ३० असो २०८३ ०७:३३ AM
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले २ हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन्। सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले २ हजार १९९ मत प्राप्त गरेका छन्। त्यस्तै, अर्का उम्मेदवार दिनेश कोइरालाले १ हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन्। खस आर्यतर्फको सहमहामन्त्री पदमा चार जना उम्मेदवार प्रतिस्पर्धामा थिए। मतपरिणामअनुसार आचार्यले २ हजार ६४८ मतसहित पहिलो स्थान हासिल गर्दा केसी २ हजार १९९ मतसहित दोस्रो स्थानमा रहे। कोइरालाले १ हजार २४६ मत र बस्नेतले ५३५ मत प्राप्त गरेका छन्। आचार्य र केसीबीचको मतान्तर ४४९ रहेको छ। कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनबाट आचार्य खस आर्यतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।