लुकाइछिपाइ राखिएको गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • शुक्रबार​ ३० असो २०८३ ०८:०० AM
विराटनगर : मोरङको रतुवामाई नगरपालिकामा प्रहरीले गोली प्रहार गरी ठूलो परिमाणको लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार असोज २९ गते दिउँसो करिब १:३० बजे रतुवामाई नगरपालिका वडा नं. ५ गोबिन्दपुरस्थित बक्रा खोलाको बगरमा लुकाइछिपाइ राखिएको अवस्थामा ८ वटा सेतो बोरामा रहेको २६४.५९ किलोग्राम गाँजा बेवारिसे अवस्थामा फेला परेको थियो।   सोही स्थानमा पुनः गाँजाको कारोबार हुन सक्ने आशङ्कामा इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएक