पूर्वराजा शाहले दिए बडादसैँको शुभकामना, भने- ‘शोकलाई शक्तिमा बदलौँ’

  • शुक्रबार​ ३० असो २०८३ ०१:४० AM
काठमाण्डु – पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैंको शुभकामना दिएका छन्। शाहले शुक्रबार बिहान शुभकामना सन्देश जारी गर्दै विजया दशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । सन्देशमा शाहले प्राकृतिक विपद्‌का कारण सर्वसाधारणले भोग्नुपरेको पीडा, देशको वर्तमान राजनीतिक अस्थिरता तथा खस्कँदो आर्थिक-सामाजिक अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन्। उनले भोटेकोशी र बूढीगण्डकी