दसैं शुभकामना

  • शुक्रबार​ ३० असो २०८३ ०७:०१ AM
शारदीय घामले दिनहरू पहारिला भएका छन्। न गर्मी छ, न जाडो। आकाश उघ्रिएको छ। बादलको लुकामारी हराएको छ। आकाशको पानी निथ्रिसकेको छ, वर्षन छाडिसक्यो। बाटोघाटाका हिलोमैलो पनि हराए। खोलानाला र नदीको पानी अस्ति भर्खरसम्म धमिलो हुन्थ्यो, अहिले सङ्लिएका छन्। कञ्चन पानी बगिरहेको छ। पहाड, पाखा र पर्वतहरू हरिया छन्। मन्दमन्द र सिर्सिरे बतासले शारदीय वासना बोकेर हम्किन थालेको छ। केटाकेटीहरू स्कुल बिदामा छन्। घर छेउछाउका खुला ठाउँमा चंगा उडाउन थालिसके। लिंगेपिङमा किशोरकिशोरीहरू चचहुई गर्न थालेका छन्। बिदा