दसैं त गाउँमै रमाइलो

  • शुक्रबार​ ३० असो २०८३ ०७:०१ AM
वीरेन्द्रनगर : वर्षभरि मानिसको भीडले भरिभराउ रहने सहरका सडकमा अहिले विस्तारै चहलपहल घट्दै गएको छ। बजारका पसलमा ग्राहकको भीड पातलिन थालेको छ। तर सार्वजनिक यातायातका साधनमा भने यात्रुको चाप बढ्दो छ। सुर्खेत बसपार्कमा घर फर्किनेहरूको लर्को छ। हातमा झोला, पिठ्युँमा भारी, काखमा बालबालिका र अनुहारमा घर पुग्ने उत्साह बोकेका मानिसहरू आ–आफ्नो गन्तव्यतर्फ लागिरहेका छन्। कसैलाई वर्षौंपछि आमाबुबासँग भेट्ने हतारो छ। कसैलाई दाजुभाइ तथा दिदीबहिनीसँगै बसेर दसैं मनाउने रहर। सहरमा पढिरहेका विद्यार्थीला