नगरपालिकाको आफ्नै ऐन, अब अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख प्रोत्साहन

  • बिहीबार २९ असो २०८३ १०:०३ PM
मुगु। छायाँनाथ रारा नगरपालिकाले जातीय विभेद अन्त्य गर्दै सामाजिक समानता र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई १-१ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। छायाँनाथ रारा नगरपालिका दलित ऐन, २०८० अनुसार नगरपालिकाले बिहीबार औपचारिक कार्यक्रम आयोजना गरी दुवै जोडीलाई एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो। अन्तरजातीय विवाह गरी प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्राप्त गर्नेमा छायाँनाथ रारा नगरपालिका–१० झाकोट गाउँका विक्रमबहादुर नेपाली र पवित्रा चौलागाईं तथा वडा नं