पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकुल मौसम तथा कम दृश्यताका कारण हवाइ उडानमा हुने समस्या समाधान गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ प्रकृया कार्यान्वयनमा ल्याउने भएको छ। उडान सुरक्षा र प्रभावकारिता अभिवृद्धि गर्न प्राधिकरणले आरएनपी–एआर अर्थात् रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स–अथराइजेसन रिक्वायर्ड प्रणाली कार्यान्वयन गर्ने प्रकृया अघि बढाएको हो।प्राधिकरणका प्रवक्ता बिक्रम राज गौतमका अनुसार नयाँ प्रणालीले लो भिजिबिलिटीका कारण हवाइ सेवामा देखिने अवरोध कम गर्न सहयोग पुर