कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–८, चप्परगाउँस्थित श्री सूर्योदय आधारभूत विद्यालय प्रिन्सिपल्स एसोसिएसन नेपाल (पान) को तेस्रो राष्ट्रिय सम्मेलन–२०८३ का लागि लुम्बिनी प्रदेशबाट उत्कृष्ट आधारभूत विद्यालयका रूपमा छनोट भएको छ । त्यस्तै, स्थानीय सरकार पुरस्कार विधामा कपिलवस्तुकै शिवराज नगरपालिका पनि छनोटमा परेको छ । शिक्षा क्षेत्रको नेतृत्व, विद्यालय व्यवस्थापन र स्थानीय तहको योगदानलाई सम्मान गर्ने उद्देश्यले