कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएपछि फरार भएका चालकलाई प्रहरीले हवाई फायर गरेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार २०८३ असोज २८ गते अपराह्न ४ः३५ बजे मायादेवी गाउँपालिका–१ स्थित पिचुर्खी चोकमा बाटोमा खेलिरहेका चार वर्षीय उसेद खानलाई भारतीय नम्बर प्लेटको होन्डा युनिकर्न मोटरसाइकलले ठक्कर दिएको थियो