काठमाडौँ । ‘स्वर बोलाइमा समस्या भएका बालबालिकालाई विद्यालय पठाउन थालेपछि उनीहरु सांकेतिक भाषा सिक्न थाल्छन् । उनीहरुमा सांकेतिक भाषाको ज्ञान बढ्न थालेपछि घरमा आउँदा उनीहरुको भाषा अभिभावक र घरका सदस्यले बुझ्दैनन् । घरका सदस्यले भनेको भाषा बालबालिकाले बुझ्दैनन् । यसो भएपछि त तालिम दिएको वा सिप सिकाएको पनि काम लागेन । यो देखेपछि हामीलाई लाग्यो, अपाङ्गता भएका व्यक्तिका लागि कार्यक्रम सञ्चालन गर्दा परिवार र अभिभावकलाई पनि सँगै कार्यक्रम गरेपछि मात्र लक्षित वर्गले लाभ पाउँछन् । नत्र, जुन उद्देश्यले कार्यक्रम सञ्चालन गरियो । त्यो उद्देश्य पूरा हुन सक्दैन ।’ काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘यस कारण हामीले शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिको सरल जीवनयापनका लागि उहाँहरुसँगै अभिभावक र हेरचाहकर्तालाई स्याहार सिप सम्बन्धी तालिम दिन थालेका छौँ ।’ उहाँले शारीरिक तथा बौद्धिक अपाङ्गता भएका व्यक्ति, उहाँहरुका अभिभावक र हेरचाहकर्ताका लागि आयोजना गरेको स्याहार सिप सम्बन्धी तालिममा यस्तो बताउनुभएको हो । ‘हामीले दिएको तालिम आजै काम लाग्न सक्छ । केही समयपछि प्रयोग गर्नु पर्ने पनि हुृन सक्छ । र, ढिला नतिजा आउने पनि हुन सक्छ ।’ उहाँले भन्नुभयो, ‘शारीरिक तथा बौद्धिकविकास सम्बन्धी समस्याका कारण कठिन जीवन भोगि रहेको व्यक्तिहरुको दैनिक जीवन यापन सहर बनाउने लक्ष्यमा पुग्न काम गरिरहेका छौँ ।’ तालिममा शारीरिक र बौद्धिक अपाङ्गताका प्रकार, यस्ता व्यक्तिहरुका लागि व्यवस्था गरिएका राष्ट्रिय र अन्तर्राष्ट्रिय अधिकार, व्यक्तिगत सरसफाइ, पोषण र स्वास्थ्य स्याहार, दैनिक क्रियाकलापमा सहयोग गर्ने तरिका, आधारभूत फिजियोथेरापी र शारीरिक अभ्यास, बोली र सञ्चार सुधार, कठिनाइ व्यवस्थापन, अभिभावकको मानसिक स्वास्थ्य र तनाव व्यवस्थापन लगायत विषय समावेश गरिएको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले जानकारी दिनुभयो । तालिममा शारीरिक अपाङ्गता भएका व्यक्तिको उपचार, पुनःस्थापना, सहायक सामग्री सम्बन्धी विषयमा इस्पाइनल इन्ज्युरी पुनःस्थापना केन्द्रका मेडिकल डाइरेक्टर डा