सशस्त्र प्रहरीका १ हजार २९६ जवान दीक्षित

  • बिहीबार २९ असो २०८३ ०२:३२ PM
सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान, मातातीर्थसहित विभिन्न शिक्षालयमा सञ्चालित करिब ११ महिनाको आधारभूत तालिम सम्पन्न गरेपछि उनीहरू असोज २९ गते दीक्षित भएका हुन्। दीक्षित जवानहरू राष्ट्र र नागरिकको सेवामा समर्पित हुने उद्देश्यसहित कार्यक्षेत्रमा प्रवेश गरेका छन्। दीक्षित