देवानगञ्ज गोली काण्डका पाँच आरोपी पक्राउ

  • बिहीबार २९ असो २०८३ ०८:०० PM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीमा गोली प्रहार गरी एक युवकलाई घाइते बनाएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। गत असोज ३ गते बेलुका देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीको लक्ष्मीनारायण मन्दिर नजिक गोली प्रहार भएको थियो। घटनामा स्थानीय पल्टन भन्ने रामदेव यादवका २४ वर्षीय छोरा निरजकुमार यादव घाइते भएका थिए।उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव, २६ वर्षीय जयकृष्ण यादव, करिब २७ व