काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न इच्छुकहरूका लागि 'नगरपालिका क्यान्डिडेट क्लब'को आवेदन खुला गरेको छ। आउँदो स्थानीय निर्वाचनमा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुकले पार्टीको आधिकारिक मोबाइल एपबाट आवेदन दिन सकिने रास्वपाले जनाएको छ।रास्वपाले सार्वजनिक गरेको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३ अनुसार क्यान्डिडेट क्लबमा सहभागी हुन नेपाली नागरिक हुनुपर्ने, मनोनयनपत्र दर्ताको अन्तिम म