काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका कामकारबाही र संसदीय भूमिकाको विवरणसहितको रिपोर्ट कार्ड सार्वजनिक गरेका छन्। २०८३ असोज २९ गते सार्वजनिक गरिएको रिपोर्ट कार्डमा परियारले जनजीविका, सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य र सार्वजनिक जवाफदेहितासँग सम्बन्धित विषयलाई संसद्मा उठाएको उल्लेख छ।