नेपाली कांग्रेसका नेताहरूले पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले पार्टीलाई एकताबद्ध बनाउँदै नयाँ सोच, नीति र कार्यशैलीका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै पार्टीको नीतिगत तथा सांगठनिक रूपान्तरणको अपेक्षा बढेको उल्लेख गर्दै उनीहरूले युवा पुस्ताको भावना, जनसरोकारका मुद्दा र बदलिँदो राजनीतिक परिस्थितिलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । कांग्रेस केन्द्रीय सदस्य खड्गबहादुर