पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपाली समाजको वर्ग संरचनामा परिवर्तन हुँदै गए पनि जातीय तथा लैङ्गिक विभेदका अवशेष अझै कायम रहेको बताएका छन् । बिहीबार नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा पार्टीको नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक कार्यक्रममा बोल्दै खतिवडाले नेपाली समाजको वर्गीय संरचनाको विश्लेषण गर्दा जातीय तथा लैङ्गिक विभेदलाई समेत समेट्नुपर्ने बताएका हुन्