बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण र पर्यटन प्रवर्द्धनमा ठोस योजना ल्याउन सांसदहरूको माग

  • बिहीबार २९ असो २०८३ ०१:४१ PM
राष्ट्रिय सभाका सांसदहरूले जलवायुजन्य बाढीबाट प्रभावित क्षेत्रको पुनरुत्थान, भौतिक पूर्वाधारको पुनर्निर्माण र प्रकृतिमा आधारित पर्यटन प्रवर्द्धनका लागि सरकारले ठोस योजना ल्याउनुपर्ने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै सांसदहरूले बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजना तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक