काठमाडौं : कास्कीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–१७, बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा भएको दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका १९ वर्षीय सफलकुमार श्रेष्ठ र बाटो काट्दै गरेका ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्। बिहिबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै ग