विराटनगर : मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरस्थित बक्राहा खोलाको बगरबाट प्रहरीले तयारी अवस्थाको २६४ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गाँजा लुकाएर राखिएको सूचनाका आधारमा प्रहरी टोलीले खोजतलास गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो। इलाका प्रहरी कार्यालय सिजुवाबाट इन्स्पेक्टर कैलाश लिम्बू नेतृत्वको टोलीले बक्राहा खोलाको बगरमा रहेको काँसघारीमा लुकाइराखिएका आठवटा सेतो बोराबाट २६४ किलो ५९० ग्राम तयारी गाँजा बरामद गरेक