काठमाण्डु– वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणका क्रममा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रधानमन्त्री कार्यालयको निर्देशनपछि बिहीबार मेडिकल व्यवसायी कैलाश खड्कासहित चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९