काठमाडौं । पत्रकार एवं लेखक जनकराज सापकोटाद्वारा लिखित पुस्तक ‘मगनी मरिक’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच विमोचित उक्त पुस्तकले मधेशको सीमान्तकृत डोम समुदायको जीवनशैली, जात व्यवस्थाको जरो र त्यहाँ व्याप्त गहिरो सामाजिक विभेदलाई जीवन्त रूपमा चित्रण गरेको छ । पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै लेखक सापकोटाले आफू एउटा पत्रकारका रूपमा समाजका