पाल्पामा प्रहरीको रक्तदान कार्यक्रम, ३० युनिट रगत संकलन

  • बिहीबार २९ असो २०८३ ०६:०० PM
तानसेन : नजिकिँदै गरेको दशैं–तिहार जस्ता चाडपर्वको समयमा अस्पतालहरूमा बिरामीका लागि रगतको कमी हुन नदिने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल रेडक्रस सोसाइटी पाल्पाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ७१औँ प्रहरी दिवसको अवसर पारेर समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत  भएको रक्तदान कार्यक्रममा प्रहरीबाट ३० युनिट रगत संकलन भएको छ। चाडपर्वको बिदा र उत्सवका समयमा नियमित रक्तदाताहरूको कमी हुने र दुर्घटना वा जटिल स्वास्थ्य समस्यामा रगतको माग बढ्ने भ