कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

  • बिहीबार २९ असो २०८३ १२:१३ PM
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा मनोजमणि आचार्यले अग्रता कायम गरेका छन् । ४ हजार ६ सय मत गणना हुँदा आचार्यले १ हजार ६५७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीले १ हजार ४७६ मत पाएका छन् । आचार्य र केसीबीच १८१ मतको अन्तर रहेको छ