सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका नागरिकहरूको आधिकारिक सूचीकरण गर्ने निर्णय गरेको छ ।बैठकले विपद्बाट प्रत्यक्ष प्रभावित भएका परिवारहरू पहिचान गरी उनीहरूलाई तत्काल राहत तथा पुनर्स्थापनाका कार्यक्रमहरूमा समावेश गर्न लाभग्राही सूचीकरण गर्ने निर्णय गरेको हो। जिल्लालाई विपद् सुरक्षित बनाउने र भर्खरैका प्राकृतिक विपत्तिबाट सिर्जित समस्याहरू समाधान गर्ने उद्देश्यका साथ बैठक आयोजना गरिएको