काठमाडौं : अर्काको नाम र हस्ताक्षर प्रयोग गरी झुट्टा उजुरी दिएको आरोपमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का दिपक पुन मगरलाई २ हजार रुपैयाँ जरिवाना गरिएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-५ निवासी पुन मगरले एबी राई ढआङबाबु राई) को नामबाट नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा रहेको बताउने व्यक्तिविरुद्ध उजुरी दिएका थिए। सहकारीबाट लिएको ऋणको भुक्तानी माग्दा आफू डीआईजी भएको र उजुरी मिलाइदिने भन्दै ४०