काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले कानुन निर्माणका लागि संसदमा प्रभावकारी छलफल हुन नसकेको बताएकी छन्।बिहीबार काठमाडौँमा सञ्चारकर्मीहरूसँगको छलफलमा ओलीले पुराना कानुनका आधारमा काम गर्नुपर्दा नीतिगत अड्चनहरू देखा परेको उल्लेख गरिन्। कानुन निर्माणको प्रक्रियामा प्रतिपक्षले हालेका संशोधनहरू खारेज हुने संसदीय अभ्यास रहे तापनि, सत्तापक्षका सांसदहरूले हालेका संशोधनहरू समेत अस्वीकृत भएको अवस्थामा सदनमा पर्याप्त छलफल गरी सत्तापक्षसँगको सहकार्यमा त्यसलाई सु