काठमाण्डु- सशस्त्र प्रहरी बल, नेपालका १ हजार २९६ जना जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन्। करिब ११ महिनाको तालिम सम्पन्न गरेका उनीहरू बिहीबार दीक्षित भएसँगै राष्ट्र र नागरिकको सेवामा खटिन कार्यक्षेत्रमा प्रवेश गरेका हुन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ तथा देशका विभिन्न तालिम शिक्षालयमा सञ्चालित आधारभूत तालिम पूरा गरेका जवानहरू