परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि पाकिस्तानका नवनियुक्त राजदूत मोहम्मद आमिर खानले शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत खानलाई नियुक्तिका लागि बधाई दिँदै उनको सफल र उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए। भेटका क्रममा नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहयोगका क्षेत्र विस्तार गर्ने विषयमा छलफल भएको