काठमाडौं :बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ४.५६ अंकले बढेर २६२५.८२ विन्दुमा पुगेको हो। अघिल्लो दिन बुधबार नेप्से परिसूचक २१.३२ अंकले वृद्धि भएको थियो।नेप्से परिसूचक एकल अंकले वृद्धि भएपनि कारोबार रकम भने बुधबारको तुलनामा बढेको छ। यसदिन ३४९ वटा स्क्रिप्सको १ करोड ३६ लाख २४ हजार ४०७ कित्ता सेयर ४ अर्ब ७१ करोड ७० लाख २८ हजार १०४ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ४ अर्ब १३ करोडको सेयर कारोबार भएको थियो।बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर सर्वाधिक १४.९८ प्