काठमाण्डु- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीबाट २०७९ र २०८२ मा निर्वाचित जनप्रतिनिधिहरूलाई स्वतः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ। आगामी मंसिर २१ गतेदेखि छुट्टै १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको देउवा समूहले स्थानीय तह, प्रदेश र संघीय संसद्का जनप्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको हो। देउवा पक्षको निर्वाचन समितिका संयोजक एगराज पोखरेलले